ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व.२०७४/७५ अवधिको वार्षिक कार्यक्रम तथा बजेट समीक्षा र आ.व.२०७५/७६ को वार्षिक कार्ययोजनाको कार्यान्वयन रणनीति सम्बन्धी गोष्ठी २०७५ भाद्र १७ र १८ गते बुटवलमा सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा प्रधान कार्यालय बुटवलका सबै विभागिय प्रमुखहरू, कम्पनी सचिव, क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, बुटवल, नेपालगंज, धनगढीका क्षेत्रीय प्रबन्धकहरू, क्षेत्रीय कार्यालयका कर्जा व्यवस्थापन नीति तथा योजना महाशाखा प्रमुखहरू, सम्बन्धित विभागका अन्य अधिकृत कर्मचारीहरू र संस्थामा कृयाशील रहेका तीनवटै युनियनका अध्यक्षहरूको सहभागिता रहेको थियो । गोष्ठीमा क्षेत्रगत रूपमा सबै शाखा कार्यालयहरूको आ.व.२०७४/७५ को वार्षिक कार्यक्रमको प्रगति समीक्षा र चालु आ.व.को वार्षिक कार्ययोजनाका वारेमा विस्तृत रूपमा छलफल भएको थियो ।
गोष्ठीको उद्देश्य र उपादेयताको वारेमा प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले प्रकाश पार्नु हुँदै वार्षिक अवधिमा पुराहुन नसकेका सूचकांकहरूको विश्लेषण गरी चालु आ.व.मा लक्ष्य पुरागर्न चालिनु पर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मद्दत पुर्याउनु पर्ने धारणा राख्नुभयो । समूह गठन विस्तार, सदस्य तथा ऋणी संख्यामा वृद्धि, बचत संकलनमा वृद्धि र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिन निर्देशन दिनु हुँदै प्रमुख कार्यकारी अधिकृत श्री कार्कीले कर्मचारी व्यवस्थापन, वृत्ति विकास, तालिम कार्यक्रम संचालन तथा सफ्टवयर नभएका कार्यालयहरूमा क्रमश: सफ्टवयरको व्यवस्था गरी कारोवारलाई यान्त्रीकीकरण गर्ने लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । दुई दिनसम्म संचालन भएको उक्त गोष्ठीले संस्थाले आगामी दिनमा गर्ने कार्ययोजनाका बारेमा प्रतिवद्धता समेत पास गरेको छ ।
Address
Grameen Bikas Laghubitta Bittiya Sanstha Ltd.
Head Office
Butwal Sub-MetroPolitian City-10, Kalikanagar, Rupandehi, Nepal
Phone No : +977-071-438954,437529, 438953
438951
Fax No: +977-071438954
Email: info@grameenbanknepal.com
Calendar
S | M | T | W | T | F | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | 6 | 7 |
8 | 9 | 10 | 11 | 12 | 13 | 14 |
15 | 16 | 17 | 18 | 19 | 20 | 21 |
22 | 23 | 24 | 25 | 26 | 27 | 28 |
29 | 30 | 31 |
Categories
- No categories