IMG_20170315_135115

आर्थिक, सामाजिक र मानविय मूल्यको सन्तुलन भन्ने मुल नाराका साथ चौथो लघुवित्त सम्मेलन २०७३ चैत्र २ देखि ४ गतेसम्म काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपाल ग्रामीण विकास बैंक लि.का संचालक समितिका अध्यक्ष श्री माणिकरत्न शाक्य, प्रमुख कार्यकारी अधिकृत श्री पर्बत कुमार कार्की तथा अन्य कर्मचारीहरु र विभिन्न कार्यालयमा आबद्ध दश जना समूह सदस्यहरुको सहभागिता रहेको थियो । सम्मेलनमा नेपाल ग्रामीण विकास बैंक लि.को तर्फबाट Client’s Voice  प्रस्तुति गर्दै श्रीमती उमा ढकालले ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरुको आर्थिक र सामाजीक उत्थानमा नेपाल ग्रामीण विकास बैंकले पुर्‍याएको योगदान ज्यादै महत्व पूर्ण रहेको विचार व्यक्त गर्नु भयो ।

उक्त सम्मेलनमा स्वदेश तथा विदेशी मुलुकका आठसयभन्दा बढी लघुवित्तकर्मीको सहभागिता रहेको थियो । सम्मेलनले सत्र बुँदे घोषणपत्र जारी गरेको छ । यस अघि पनि राष्ट्रिय लघुवित्त सम्मेलन सन् २००८,२०१० र २०१३ मा काठमाडौंमा सम्पन्न भएको थियो ।