धर्मराज पाण्डे
अध्यक्ष, नेपाल लघुवित्त बैङ्कर्स सङ्घ एवम्
प्रमुख कार्यकारी अधिकृत
नेपाल ग्रामीण विकास बैङ्क

मल्टिफाइनेन्सिङ रोक्न दर्ता बन्द गर्नु जरुरी छ

अहिले हामीेले नेपाल राष्ट्र बैङ्कसँग नयाँ लघुवित्त बैङ्क दर्र्ता रोक्न आग्रह गरिरहेका छौं । पछिल्लो समयमा खुलेका धेरैजसो लघुवित्त बैङ्क जिल्ला सदरमुकाम र शहरी क्षेत्रमा मात्र केन्द्रित रहेका छन् । त्यसैले यस्ता संस्थाहरूबाट अपेक्षित रूपमा वित्तीय पहुँच विस्तारमा सहयोग पुग्न सकेको छैन । त्यसैले हामीले नयाँ संस्था दर्ता नगर्न राष्ट्र बैङ्कलाई भनेका हौं । लघुवित्त बैङ्कको सङ्ख्या थप्नुभन्दा पनि जति छन् तिनलाई नै प्रभावकारी रूपले सञ्चालन गर्दै लैजानुपर्र्छ । अहिले लघुवित्त कारोबार गरिरहेका गैरसरकारी संस्था (फिङ्गो)लाई अनिवार्य रूपमा लघुवित्त बैङ्कमा रूपान्तरण गर्नुबाहेक अन्य नयाँ कम्पनी सञ्चालनको अनुमति दिनु हुँदैन । नेपाल राष्ट्र बैङ्कले २०७२ असारसम्म सबै (२८ ओटा) फिङ्गोलाई लघुवित्त बैङ्कमा रूपान्तरण गर्न निर्देशन दिइसकेको छ । सोही निर्देशनको आधारमा नै हालसम्म १९ ओटा संस्थाले रूपान्तरणका लागि राष्ट्र बैङ्कमा आवेदन पनि दिइसकेका छन् । यसमध्ये केही रूपान्तरण पनि भइसकेका छन् । यसरी फिङ्गो तथा प्रक्रियामा रहेको अन्य संस्था पनि लघुवित्त बैङ्कमा रूपान्तरण भएपछि यसको सङ्ख्या करीब ७० देखि ७५ पुग्ने देखिन्छ । यो सङ्ख्या धेरै हो । यदि संस्था धेरै भए भने यसले मल्टिफाइनान्सिङको समस्यालाई पनि बढाउँछ । यसलाई रोक्न पनि नयाँ दर्र्ता रोक्नुपर्छ ।

Published: अभियान राष्ट्रिय दैनिक January 27, 2015

http://www.abhiyan.com.np/article-bahas_13magh2071_laghubittabankdarta#.VO7TM3yUem0

अन्तरर्वाता

Published: अभियान राष्ट्रिय दैनिक, मंसिर २१ ,२०७१

http://www.abhiyan.com.np/article-interview_21mangsir2071_laghuvitta#.VO6-gXyUem0

काम गर्न सक्नेलाई लघुवित्तमा ठूलो मौका छ

धर्मराज पाण्डे
प्रमुख कार्यकारी अधिकृत, नेपाल ग्रामीण विकास बैङ्क

पाँचओटा ग्रामीण विकास बैङ्कबीच मर्जर भएर एकीकृत कारोबार शुरू गरेको पनि ४ महीना भइसकेको छ । अवस्था कस्तो छ ?
मर्जरपछि बैङ्कको अवस्था सुधारात्मक छ । कर्जा विस्तार र बचत बढेको छ भने निष्क्रिय कर्जा असुलीमा प्रगति हुँदै आएको छ ।

अझै पनि बैङ्क सञ्चालन सहज हुन सकेको छैन भनिन्छ । वास्तविकता के हो ?
नयाँ व्यवस्थामा गएकाले त्यस्तो अनुभूति हुनु स्वाभाविक हो । जनशक्ति व्यवस्थापनमा केही समय लागेकाले पनि त्यस्तो आभास भएको हुन सक्छ । यस्तै, एकीकृत कारोबार शुरू भएलगत्तै दशैं, तिहारलगायत ठूला चाड परेकाले पनि बैङ्कले त्यत्ति प्रभावकारी सेवा दिन सकेन । त्यसले पनि कतिपयलाई त्यस्तो लागेको हुन सक्छ ।

तत्कालीन समयमा क्षेत्रीयस्तरमा वित्तीय पहुँच विस्तारका लागि ग्रामीण विकास बैङ्कहरू खोलिएका थिए । अहिले मर्जरपछि पनि सोही उद्देश्य राखिएको छ । कत्तिको पूरा भएको छ ?
हामी कार्यक्रम विस्तार गर्दै छौं । यस वर्ष १३ जिल्लामा थप गरी ६५ जिल्लामा नेपाल ग्रामीण विकास बैङ्कको लघुवित्त कार्यक्रम विस्तार गर्ने योजनाअनुसार तीव्रस्तरमा काम भइरहेको छ । दुर्गम क्षेत्रमा सेवा पु¥याउन अभैm बाँँकी हुँदा सरकारको गरीबी निवारणसम्बन्धी कार्यक्रममा टेवा पु¥याउन सबै लघुवित्त संस्थाहरूलाई साथ लिएर लक्ष्य पूरा गर्न अगाडि बढ्छौं ।

विगतमा लघुवित्त क्षेत्रमा तपाईंहरूको एकाधिकार थियो । तर, अहिले अवस्था फेरिएको छ । ३५ ओटा लघुवित्त कम्पनी सञ्चालित छन् भने त्यत्तिकै मात्रामा सञ्चालनको तयारीमा छन् । कम्पनीलाई कसरी प्रतिस्पर्धी बनाउँदै हुनुहुन्छ ?
बैङ्किङ सेवा नपुगेका क्षेत्रमा जाने प्राथमिकता छ । साथै, दुर्गम क्षेत्रका जिल्लामा पनि कार्यक्रम विस्तार गर्ने योजना छ । गरी लघुवित्तलाई गरीबी निवारणको संयन्त्रको रूपमा विकसित गराउने गरी सबै लघुवित्तकर्मीहरूसँग प्रतिस्पर्धा र समन्वयमा काम भइरहेको छ ।

फरकफरक स्तर र अवस्थाका कम्पनीसँग मर्जर गर्नुभएको छ । व्यवस्थापन कत्तिको सहज छ ?
पाँचओटै विकास क्षेत्रमा एउटै उद्देश्य र प्रकृतिअनुरूप उस्तै सेवा दिने गरी ग्रामीण बैङ्कहरूको स्थापना भएको थियो । शुरूमा नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको लगानी तथा सहजीकरण एवम् वाणिज्य बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीबाट स्थापना भएका हुँदा यी एउटै प्रकृतिका संस्थाहरूलाई एउटै कम्पनीमा मर्ज गरिएको छ ।

यो बैङ्कसँग मर्ज हुने कम्पनीहरूमा इक्विटी समाप्त (करीब १००ः१) भएका कम्पनी पनि छन् । यस्तो अवस्थामा शेयर वितरण कसरी गर्दै हुनुहुन्छ ?
शेयर वितरण त साधारणसभाको निर्णयानुसार जसको जति शेयर स्वामित्व छ, सोही अनुुसार हुने हो । त्यसका लागि हालका करीब ४० हजार शेयरधनीको पुरानो शेयर प्रमाणपत्र फिर्ता लिई नयाँ स्वामित्वअनुसार शेयर वितरण गर्ने व्यवस्था मिलाउन साधारणसभा र सञ्चालक समितिकोे निर्देशनअनुसार प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको छ ।

साविकको ग्रामीण विकास बैङ्कमा सरकार र राष्ट्र बैङ्कको लगानी मात्र नभएर संरक्षण पनि थियो । बजार पनि संरक्षित थियो । तर, अब त्यस्तो पूर्ण संरक्षण पाउने सम्भावना निकै कम छ । कसरी टिक्नुहुन्छ ?
सरकार र राष्ट्र बैङ्कको सहयोग मर्जरपश्चात् पनि रहिरहने आशा र विश्वास गरेका छौं । ग्रामीण विकास बैङ्कको काम र सेवा भनेकै विपन्न वर्गका जनता र त्यसमा पनि महिलालाई प्राथमिकता दिई उनीहरूको आर्थिक तथा सामाजिक स्तर उठाउनु भएकाले यो अझै पनि सरकारको प्राथमिकताको विषय हो । बजारका लागि क्षेत्र धेरै छन्, तर कार्यक्रमको लागत धेरै पर्छ । त्यसैले, सकेसम्म लागत कम हुने गरी कार्यक्रम अगाडि लैजाने योजना छ ।

हाल बैङ्कमा ९ सयभन्दा धेरै कर्मचारी छन् । तीमध्ये अधिकांश ‘पुरानै ढर्रा’का छन् भनिन्छ । टे«ड युनियन राजनीति पनि त्यत्तिकै हाबी छ । उत्पादकत्वमा कत्तिको असर परेको छ ?
कर्मचारी भनेका बैङ्कका अमूल्य सम्पत्ति हुन् । अहिले भर्खर बैङ्क मर्ज भएको र क्षेत्र मात्र फरक भएका एकै प्रकृतिका संस्था भएकाले हाम्रा कर्मचारी बुझेका र अनुभवी छन् । त्यसैले, नेपाल ग्रामीण विकास बैङ्कलाई सबल बनाउन उनीहरू सक्षम छन् भन्ने मलाई विश्वास छ ।

आवश्यकताभन्दा बढी भएका कर्मचारी हटाउन भीआरएस (स्वैच्छिक अवकाश) कार्यक्रम ल्याउने तयारी गर्नुभएको थियो । प्रक्रिया कहाँ पुगेको छ ?
आवश्यकताका आधारमा स्वैच्छिक अवकाश र नयाँ प्राविधिक कर्मचारीहरूको प्रवेश गराउने काम गर्न सकिन्छ । अहिले हामीहरू सम्पत्ति व्यवस्थापन, कर्मचारी व्यवस्थापन र एकीकृत नियमावलीको व्यवस्था गरिरहेका छौं । स्वेच्छिक अवकाशका लागि तत्काल खर्च बेहोर्न नसकिने हुुँदा योजना बनाउन बाँकी छ ।

यो बैङ्कबाट करीब ३/४ सय कर्मचारी हटाउनुपर्ने देखिन्छ । त्यसका लागि ठूलै बजेट चाहिएला । व्यवस्थापन कसरी गर्नुहुन्छ ?
यस बैङ्कको पाँचवर्षे व्यावसायिक योजनाअनुसार ७५ जिल्लामा कार्यक्रम विस्तार गर्ने योजना रहेको र यस अवधिमा कारोबारमा समेत वृद्धि हुँदै जाने हुँदा विद्यमान कर्मचारी सङ्ख्या बढी हुन्छ भन्ने मलाई लाग्दैन । यसै आर्थिक वर्षमा १३ जिल्लामा नयाँ शाखा स्थापना गर्ने योजना छ भने हाल सञ्चालनमा रहेका कतिपय शाखाहरूमा सङ्कलन केन्द्र खोल्ने गर्ने काम भएको छ । व्यावसायिक र वित्तीय सक्षमताको आधारमा कर्मचारी व्यवस्थापन गरिनेछ ।

यो बैङ्कभन्दा पछि खुलेका लघुवित्त बैङ्कहरूले धेरै मुनाफा गरी अर्बौं सम्पत्ति जोडिसकेका छन् । शेयरधनीलाई राम्रो लाभांश पनि दिँदै आएका छन् । ग्रामीण विकास बैङ्कको यो अवस्था हुनुको कारण के होला ?
एउटै प्रकृतिका ग्रामीण बैङ्कहरू पाँच क्षेत्रमा छरिएका र नेतृत्वमा अस्थिरता भएर यस्तो अवस्था भएको हो भन्ने आमबुझाइ छ । अब एकीकृत रूपमा आएको राष्ट्रियस्तरको नेपाल ग्रामीण विकास बैङ्कको क्षेत्र व्यापक भएको हुँदा यसको सञ्जाल र कार्यक्रम अगाडि बढाई केही वर्षमै बैङ्कलाई सबल र सक्षम बनाउनेछौं । साथै, ग्राहकलाई सस्तो र गुणस्तरीय सेवाका साथै लगानीकर्तालाई उचित लाभांश प्राप्त हुुने विश्वास दिलाउँछु ।

यत्ति धेरै लघुवित्त बैङ्कहरू छन् । ग्राहकहरू तपाईंकै बैङ्कमा किन आउने ?
यसको पुरानो प्रतिष्ठा, सेवामा प्रतिबद्ध कर्मचारी र राष्ट्रियस्तरमा फैलिएको सञ्जाल भएकाले यसमा जनताको विश्वास छ । लघुवित्तमा धेरै क्षेत्र बाँकी छन् । काम गर्न सक्ने हो भने सबैलाइ मौका छ ।

पुरानै ढर्रामा बैङ्क सञ्चालन गरेर टिक्न सम्भव नभएको अहिलेको अवस्थामा के–कस्ता नयाँ प्रडक्ट ल्याउँदै हुनुहुन्छ ?
नयाँ प्रविधिका साथै नयाँ प्रडक्ट ल्याएर ग्राहकको क्षमता विकास र आवश्यकताको परिपूर्ति गरी स्थानीयस्तरमा रोजगारी बढाउन सकिन्छ । दूध, फलफूल, माछामासु, खाद्यान्न, तरकारी तथा नवीकरणीय ऊर्जा र आवास जस्ता आधारभूत सुविधा ४० जिल्लामा अझै न्यून छ । पूर्वाधार विकाससँगै बढ्दो बजारलाई लक्षित गरेर साना उद्यम विकास गर्न सकिन्छ । प्रतिवर्ष श्रम बजारमा थपिँदै गएको जनशक्तिका लागि केही गर्न सकियो भने ठूलो उपलब्धि हुनेछ ।

तपाईंको बैङ्कमा सफ्टवेयर फेर्नुपर्ने पनि होला ? के छ त्यसको अवस्था ?
यस बैङ्कमा निकट भविष्यमा सप्mटवेयर विस्तार गरी यस वर्षभित्र व्यवस्थापकीय सूचना प्रणालीमा फड्को मार्ने योजना छ ।

वास्तवमा अहिले बैङ्क चलाउन ‘फलामको चिउरा चपाउनु’सरह भएको हो ?
अहिले भर्खरै मर्ज भएको हुँदा कानूनी र तथ्यगत पक्षहरूको एकीकरण गर्ने, कर्मचारीमा भावनात्मक एकीकरण गर्ने र यसको सञ्जालको क्षमताबाट परिणाम निकाल्ने बेला छ । त्यसैले, मलाई असहज लागेको छैन । यसको भविष्य राम्रै देखेको छु ।