Badi Pidit kosh1

नेपाल ग्रामीण विकास बैंक सञ्चालक समितिका पदाधिकारी तथा सम्पूर्ण कर्मचारीहरूबाट संकलन गरिएको १० लाख ५ हजार रुपैयाँको आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । दर्जनौंको मृत्यू र हजारौं परिवार घरवारविहीन हुने गरी गत साउन र भदौ महिनामा आएको बाढी पहिरो पीडितहरुलाई राहत प्रदान गर्ने उदेश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो ।

Badi Pidit kosh2

सहयोग रकम बरावरको चेक सम्माननिय प्रधानमन्त्री श्री शेर बहादूर देउवाज्यूलाई एक समारोहकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष श्री माणिकरत्न शाक्यले हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बैंक सञ्चालक समितिका अन्य पदाधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।
मिति: २०७४।०८।०५