FPO Contract

नेपाल ग्रामीण विकास बैंक लिमिटेडले थप नयाँ सेयर (एफपीओ) निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । २०७३ चैत्र २२ गते मंगलबार प्रधान कार्यालय, बुटवलमा नियुक्ति सम्बन्धी सम्झौता भएको छ, नेपाल ग्रामीण विकास बैंक लिमिटेडको तर्फबाट नि. प्रमुख कार्यकारी अधिकृत श्री राजेश शर्मा तथा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा–प्रबन्धक श्री शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गर्नु भएको छ । नेपाल ग्रामीण विकास बैंक लि.ले ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गर्न लागेको र उक्त सेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी रु. ६५ करोड ५० लाख पुग्ने भएको छ ।