नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीज्यूले २०७३ पौष २२ गते शुक्रवार नेपाल ग्रामीण विकास बैंक लि. प्रधान कार्यालय बुटवलको अवलोकन गर्नु भयो । अवलोकनका क्रममा डेपुटी गभर्नर श्री शिवाकोटीज्यूले नेपाल ग्रामीण विकास बैंकका उच्चपदस्थ कर्मचारीहरुसँग बैंकको अवस्था, गतिविधि, समस्या र संभावनाका सम्बन्धमा छलफल गर्नुभयो । साथै, उहाँले लघुवित्त क्षेत्रको दिगो बिकास तथा यस क्षेत्रमा सुशासन कायम गर्नका लागि नियमनकारी निकायले अवलम्बन गरेका नीतिगत व्यवस्थाका बारेमा समेत चर्चा गर्नुभएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले संस्थाको वर्तमान अवस्था, गतिविधि र चुनौतिका बारेमा डेपुटी गभर्नरज्यूलाई अवगत गराउनु भएको थियो ।