ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलको आयोजनामा Developing Leadership Skills and Positive Attitude through Personal and Professional Excellence विषयक तालिम वैशाख १३ र १४ गते बुटवलमा सम्पन्न भएकोे छ ।

नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका पूर्व सिनियर डाइरेक्टर डा. केदार रायमाझी स्रोत व्यक्ति रहनु भएको उक्त तालिमको उद्घाटन तथा समापन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले गर्नु भएको थियो । सो क्रममा आफ्नो मनतब्य राख्नु हुदै प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले कर्मचारीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र व्यक्तित्व विकासमा यस प्रकारका तालिमले मद्दत् पु¥याउने हु“दा संस्थाको कामकारवाहीलाई प्रभावकारी बनाउन तालिम उपयोगि हुने विचार व्यक्त गर्नु भयो ।
GBLBS training image

दुई दिनसम्म सञ्चालित उक्त तालिममा Positive Attitude for Personal Transformation , Leadership Competencies, Motivation and Performance, Self Awareness Vs Life Skills र Stress Management लगायतका विषय वस्तु समेटिएको थियो । तालिममा संस्थाका उपनिर्देशक, बरिष्ठ अधिकृत, कर्मचारी यूनियनका अध्यक्षहरू गरी कुल ३३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।