ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले आफ्नो पाँचौ वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, खाद्यान्न तथा सामग्री वितरण गरेको छ । मानविय सेवालाई सदैव प्राथमिकतामा राखेको यस संस्थाले साउन २९ गते बुधवारका दिन उक्त आश्रममा उपस्थिति भई चामल, दाल, तेल, नुन, तरकारी, चिनी, च्यूरा वितरण गरेको छ।

खाद्यान्य सामाग्री वितरण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले संस्थाले आफ्नो व्यवसायिक गतिविधिका माध्यमबाट मानविय सेवाका क्षेत्रमा समेत कार्य गरिरहेको बताउनु हुँदै मानव सेवा आश्रमले मानव सेवामा उदाहरणीय कार्य गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो । उक्त खाद्यान्य तथा सामाग्री वितरण कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू श्री चण्डि प्रसाद घिमिरे, श्री नरेन्द्रसिंह विष्ट, श्री अन्जन कोइराला, श्री भेषराज कंडेल, श्री सुशील कुमार थापा, श्री रमेश दाहाल र संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्की लगायत संस्थाका अधिकृत तथा कर्मचारीहरू उपस्थिति भई खाद्यान्य सामाग्री वितरण गर्नु भएको थियो।

सोही अवसरमा मानव सेवा आश्रम प्रदेश नं. ५ की संयोजक रुपा के.सी. ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. ले आफ्नो पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा खुसी बाड्दै आश्रममा पुर्‍याएको सहयोग प्रति आभार प्रकट गर्नु भयो।