ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पड्सरीद्वारा सिद्धार्थ नगर नगरपालिका –६ पिपरैया स्थित स्वर्गिय मुन्नी देवी रौनियारको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ । विगत १७ वर्ष देखि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.मा आवद्ध रही विनाधितो लघुव्यवसाय कर्जा लिइ व्यवसाय सञ्चालन गर्दै आएकी श्रीमति रौनियारको गत चैत्र ६ गतेका दिन असमायीक निधन भएको थियो ।
alignnone

बीमा र काज किरीया खर्च वापतको कुल नगद रकम रु. एक लाख तीन हजार दुई सय पचास निजको छोरी नन्दनी रौनियार र ससुरा किशुन रौनियारलाई बैशाख ३१ गते इलाका प्रमुख श्रीमती सुशिला नेपालले विभिन्न ग्राहक सदस्य र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा हस्तान्तरण गर्नु भएको थियो ।

यस संस्थाले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा यस संस्थाबाट कर्जा लिई व्यवसाय सञ्चालन गरिरहेका ग्राहक सदस्यहरूलाई सहुलियत दरमा म्यादी जीवन बीमाको व्यवस्था समेत गर्दै आईरहेको छ ।