ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि., क्षेत्रीय कार्यालय नेपालगंज अन्तर्गतका इलाका/ शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूका लागि फिल्ड स्तरीय उत्प्रेरणा गोष्ठी सम्पन्न भएको छ । २०७५ भाद्र ३१ गते नेपालगंजमा सञ्चालन भएको उक्त गोष्ठीको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले गर्नु भएको थियो । गोष्ठीमा बांके र बर्दिया जिल्लाका ३ वटा इलाका र १० वटा शाखा कार्यालयमा कार्यरत इलाका प्रबन्धक, शाखा प्रवन्धक र सहायक कर्मचारीहरू गरी ६२ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
20180916_151105_1680x955
संस्थामा कार्यरत मानवसंसाधन प्रमुख मेरुदण्डको रूपमा रहेको  हुँदा फिल्ड तहमा कार्यगर्दा आईपर्ने समस्याहरूलाई कसरी न्यूनिकरण गर्ने र संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रमको विकास, विस्तार र व्यवस्थापनका वारेमा कर्मचारीहरूलाई जानकारी प्रदान गरी उत्प्रेरित गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो ।
Npj
गोष्ठीमा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएका संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले मनतव्यका क्रममा गोष्ठीको उपादयताका वारेमा प्रकाश पार्नु हुँदै संस्थाले आफ्नो वार्षिक कार्ययोजनामा तय गरेको लक्ष्य हासिल गर्ने गरी कुशलताका साथ प्रतिस्पर्धी एवं सक्षम ढंगले कार्यगर्न सहभागी कर्मचारीहरूलाई निर्देशन दिंदै संस्थाले कर्मचारीहरूको हित अनुकुलका कार्यहरू गरिरहेको हुँदा उच्च मनोवलका साथ कार्य गर्न उत्प्रेरित गर्नु भएको थियो ।
क्षेत्रिय प्रबन्धक श्री कुमार बहादुर सिंहले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाको दीगो विकासका लागि कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने हुँदा गोष्ठिमा सिकेका ज्ञान तथा विषयवस्तुलाई व्यवहारीक रूपमा फिल्डमा कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा वित्त व्यवस्थापन विभागका अधिकृत श्री अशोक आचार्यले गोष्ठीमा सहभागी ईलाका/ शाखा कार्यालयका कर्मचारीहरूलाई सम्बन्धित् कार्यालयको तथ्याङ्क विश्लेषण गरी कार्यालयको सवल र कमजोर पक्षका वारेमा प्रष्टपार्नु भएको थियो ।

ee

 गोष्ठीमा उपनिर्देशक श्री भानदेव बोकटीले स्वागत मन्तव्य र अधिकृत श्री कमला शर्माले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सोही अवसरमा संस्थाको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा पुरष्कृत भएका कर्मचारी तथा ग्राहक सदस्यहरूलाई प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।