नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालज्यूले २०७३ कार्तिक २६ गते शुक्रवार नेपाल ग्रामीण विकास बैंक लि. प्रधान कार्यालय बुटवलको अवलोकन गर्नु भएको छ । अवलोकनका क्रममा बैंकका उच्चपदस्थ कर्मचारीहरुलाई निर्देशन गर्दै गभर्नर नेपालज्यूले नेपाल ग्रामीण विकास बैंक बिपन्न जनताहरुको आयस्तर बढाउने तथा ग्रामीण बैङ्किङ पद्धतिको विकास गराउने उदेश्यले स्थापना भएको हुँदा अझ बढी जिम्मेवारीका साथ आगाडी बढ्नु पर्ने बताउनु भयो ।

नेपाल राष्ट्र बैंक र नेपाल सरकारको समेत यस बैंकमा शेयर लगानी रहेको हुदा लघुवित्तका क्षेत्रमा बैंकले पु¥याउने योगदान उदाहरणिय हुनु पर्ने भन्दै गभर्नर नेपालले कार्येक्रम नपुगेको जिल्लाहरुमा कार्येक्रम पु¥याउदै जानु पर्ने, आपसी विश्वास र सम्बन्धका आधारमा बैङ्किङ प्रणाली अगाडी बढ्ने भएको हुँदा ग्रामीण विकास बैंकले त्यस तर्फ पनि ध्यान दिनु पर्ने बताउनु भयो ।

सोही अवसरमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका व्यवस्थापक श्री रेवती प्रसाद नेपालले नेपाल ग्रामीण विकास बैंक लघुवित्तका क्षेत्रमा अग्रणी संस्था भएको हुँदा अन्य लघुवित्त भन्दा यस बैंकले उदाहरणिय रुपमा काम गर्नु पर्ने बताउनु भयो ।

सो अवसरमा बैंक व्यवस्थापनबाट नेपाल ग्रामीण विकास बैंकका विविध गतिबिधिका बारेमा गभर्नरज्यूलाई अवगत गराइएको थियो ।