51783648_2302020703175882_5945606958240235520_n

ग्रामीण विकास लघूवित्त वित्तीय संस्था लि.क्षेत्रीय कार्यालय नेपालगंजको आ.व.२०७५।७६ अवधिको प्रथम अर्धवार्षिक समीक्षा गोष्ठी २०७५ माघ २८ गते नेपालगंजमा सम्पन्न भएको छ । संस्थाका क्षेत्रीय प्रबन्धक श्री कूमार बहादूर सिंहको प्रमूख उपस्थितिमा सम्पन्न भएको उक्त गोष्ठीमा क्षेत्रीय कार्यालयका महाशाखा प्रमूखहरू, ६ वटा इलाका कार्यालय र २४ वटा शाखा कार्यालयका प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।

उक्त गोष्ठीमा इलाका तथा शाखा कार्यालयहरूको आ.व.०७५।७६ अवधिको अर्धवार्षिक कार्यक्रमको प्रगति समीक्षा र चालू आ.व.को बांकी अवधिको वार्षिक कार्ययोजनाका वारेमा शाखागत रूपमा विस्तृत छलफल भएको थियो । साथै उक्त अवधिमा विभिन्न शिर्षकमा नपूग लक्ष्यहरू बांकी अवधिमा पूरागर्ने प्रतिवद्धता कार्यालय प्रमूखहरूबाट व्यक्त भएको थियो ।

संस्थाको क्षेत्रीय कार्यालय नेपालगंज अन्तर्गत कूल लगानीमा रहेको बांकी कर्जा रु. १ अर्ब ७४ करोड ६४ लाख रहेको र आ.व.०७५।७६ को अर्धवार्षिक अवधिमा रु.४ करोड ३० लाख खूद संचालन मूनाफा आर्जन गर्न सफल भएको छ ।