ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा २०७५ पौष ७ गते कर्मचारी अभिमुखीकरण गोष्ठी धनगढीमा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीको समुपस्थितिमा सम्पन्न भएको उक्त गोष्ठीमा क्षेत्रीय कार्यालय धनगढी मातहतका कैलाली र कञ्चनपुर जिल्ला स्थित ३ वटा इलाका तथा १३ वटा शाखा कार्यालयमा कार्यरत सबै तहका ६८ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा इलाका र शाखा कार्यालयहरूको आ.व.२०७५।७६ को प्रथम त्रैमासिक तथा २०७५ मंसिर महिना सम्मको प्रगति समीक्षा र बाँकी अवधिमा वार्षिक लक्ष्य पुरा गर्न अवलम्बन गर्नुपर्ने रणनीतिका विषयमा शाखागत रूपमा प्रस्तुति तथा छलफल गरी कार्यक्रम विस्तारमा गुणस्तर कायम गर्न, निष्कृय कर्जा असुलीमा जोडदिन इलाका/शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरूलाई अभिप्रेरित गएिको थियो । उक्त गोष्ठीमा प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले संस्थामा कार्यरत कर्मचारीहरूको हित संरक्षणका लागि संस्थाले गरेको कार्यका बारेमा जानकारी गराउ“दै कर्मचारीहरू संस्थाको कार्यमा विशेष सक्रियताका साथ उत्प्रेरित भएर लागि निष्कृय कर्जा असुलीलाई अभियानको रूपमा संचालन गरेर कर्जाको गुणस्तर कायम राख्न, आन्तरिक स्रोतको रूपमा ग्राहक सदस्यहरूबाट थप बचत संकलन गर्न एवं चालु आर्थिक वर्षको लक्ष्य पुरागर्ने तर्फ जिम्मेवारी पूर्वक कामगर्न कर्मचारीहरूलाई अभिप्रेरित गर्नु भएको थियो ।
उक्त गोष्ठीमा प्रधान कार्यालय आन्तरिक लेखा परीक्षण विभागका विभागीय प्रमुख र संस्थामा रहेका तीन वटै क्रियाशील युनियनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । सोही अवसरमा निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारी प्रतिनिधीबाट पशुधन बीमाको बारेमा र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट ग्रामीण लघुकर्जा बीमा कार्यक्रम सम्बन्धमा सहभागिहरूलाई जानकारी गराइएको थियो ।