ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलको आयोजनामा Developing Leadership And Positive Attitude through Personal and Professional Excellence विषयक तालिम सम्पन्न भएको छ । यही फागुन २ र ३ गते बुटवलमा सम्पन्न भएको उक्त तालिममा संस्थाका उपनिर्देशक १८ र बरिष्ठ अधिकृत १२ गरी कुल ३० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

GBLBS IMAGE

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले समुद्घाटन गर्नु भएको उक्त तालिमको स्रोत व्यक्ति नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका पूर्व सिनियर डाइरेक्टर डा. केदार रायमाझी रहनु भएको थियो ।